श्रीलंकालाई नेपालले ७–० को जित हासिलसंगै साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई नेपालले ७–० को जित हासिल गरेको हो। योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी खेलको नेपालले माल्दिभ्सलाई ११–० ले पाखा लगाएको थियो। भुटानले सोही टोलीमाथि १३–० को जित निकालेको थियो।
नेपालको तर्फबाट रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल थपे।
नेपालले अन्तिम चारमा अर्को समूहको उपविजेता भारतरसँग खेल्नेछ ।




