यु-१९ टोलीलाई विदाइ
यस्तै बिराटनगरमा आयोजना हुने वाई–वाई पुरुष यू–१९ टि–२० क्रिकेटमा सहभागि हुने गण्डकी प्रदेशको टिमलाई शुक्रबार विदाइ गरिएको छ ।

पोखरा रंगशालामा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा एभेन्जर्सका प्रतिनिधि तथा क्रिकेटकर्मीको उपस्थितिमा एक कार्यक्रमको आयोजना गर्दै विदाई गरिएको हो ।
अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यिय टोली विराटनगर प्रस्थान गरेका छन् । टोलीमा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् । त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् । गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेश संग खेल्ने छ ।




