• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

धान थन्काएर मुसा समाउने थारु समुदाय

  •  संवाददाता
  • शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    Advertisement

    शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भएरनभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।

    धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् ।

    राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन् । साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् ।

    पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो । खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन, बुधरामले भने, त्यहीँ भएर मुसा मार्न साथीभाइसँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ ।धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन् । दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन् । मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ, भागिरामले भने, थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ ।

    बुबाबाजेसँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरीसँग छ । अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रपर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो । निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्जभित्र पर्यो । मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो । समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो । एक जनाको हिस्सामा ५० देखि ६० वटासम्म मुसा आउने गर्दथे उनी भन्छन्,अहिले मुसाको सङ्ख्या निकै कम छ, दिनभर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छन् ।

    अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो । समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ । यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन् ।

    थारू समुदायमा मुसा सिकार (मार्ने) गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ । पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे, रामबहादुर चौधरीले भने,हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके । थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन् ।

    थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।

    हाल वन क्षेत्रमा मुसालगायत अन्य जीवजन्तुको सिकार गर्न प्रतिबन्ध लागेपछि खेतमै मुसा मार्ने कार्य गर्दै आएका छन् । शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रूपमा, लौकाको तरकारीसँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ । थारू समुदायले सबैभन्दा बढी लौकाको तरकारीसँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको रामप्रसाद चौधरी बताउँछन् ।

    थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डीलगायत जातका मुसाको सिकार गर्ने गर्दछन् । सिकार गरिएका मुसामा भाले ९मुसण्डा०, पोथी ९मुसण्डी०, वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहने गर्दछन् । विल ९दुलो० खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन् ।

    पहिला थारू समुदायले मात्र मुसाको सिकार गरीखाने गर्दै आएकामा हाल गैर थारूहरूले पनि मुसाका परिकारको माग गर्ने गरेका छन् । मेला, उत्सव र सामुदायिक घरबासमा मुसाको मासु बिक्री हुने गर्छ । पहिलाजस्तो मुसा नपाइने गरेकामा थारू बूढापाका असन्तुष्ट छन् ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.