राष्ट्रिय महिला टोलीका हिराकुमारी भुजेल र दीपा शाहीले अस्पतालमै भाइ टिका मनाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई अस्पतालमै भाइ टिका लगाइदिएका हुन्।
नेपाली टोलीका यी दुई महत्त्वपूर्ण खेलाडी साफ महिला च्याम्पियनसिप २०२४ भुटानविरुद्धको पहिलो खेलमै चोट लागेपछि खेल गुमाएका थिए। दुवैलाई एसिएल इन्ज्युरी भएको पाइयो र दुवैको शल्यक्रियापछि बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ।




