च्याम्पियन लिग खेलमा रियल म्याड्रिडलाई एसी मिलनले ३ १ ले पराजित गरके छ ।
यिल म्याड्रिडको होम ग्राउण्डमा बुधबार विहान भएको खेलमा एसि मिलनका खेलाडी थियाले १२ औ मिनेटमा गोल गरेका थिए ।
खेलको २३ औ मिनेटमा रियलका खेलाडीलाई एसि मिलनका खेलाडी ले फल खेल्दा रियलले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई रियलका विनीयस जुनियरले
सजिलै गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । एसि मिलनको तर्फबाट ३९ औ मिनेटमा मोरटाले गोल गर्दै अग्रता लिएको थियो ।
मध्यान्तपछिको खेलमा रियल खेलमा प्रयास गरेपनि गोल निकाल्न सकिरहेको थिएन । ७३ मिनेटमा एसि मलनको तर्फ रेइन्डर्सर्लेले गोल गर्दै जित सुनिश्चित गरेको थियो ।
यो खेलसंगै रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ ।
अर्को खेलमा सिपीले इङ्लिस क्लब सिटीलाई ४–१ ले पराजित गरेको छ ।




