आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो ।
थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम गोदारले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिइन् भने रचनाकुमारी चौधरीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् भने कप्तान पूजा महतोले ४ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । ने




