नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ।
सेन्ट्रल स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो ।
नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित एएफसी च्यालेन्ज कप २०१२ छनोटमा नेपालले दशरथ रंगशालामा १–० ९अप्रिल, २०११ को जित निकालेको थियो। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको सुरूआतमै जेलस्पीजंग कार्कीले नेपाललाई अग्रता दिलाए। ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गरे। सन् २००९ मा प्यालिस्टाइनविरुद्ध १७ वर्षकै उमेरमा उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। त्यसयता ९१ खेल खेले पनि उनी गोलविहीन थिए।
नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो। अफगानिस्तानले नेपालविरुद्ध प्रतिस्पर्धा गरेसँगै मंगलबार ताजिकिस्तानसँग खेल्ने छ।




