ब्यूनस आयर्समा मंगलबार भएको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा पेरुमाथि १–० ले अर्जेन्टिनाले जित निकालेको छ ।
अर्जेन्टिना सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपमा स्थान पक्का गरेको छ ।
खेलको पहिलो हाल्फ टाईमसम्म गोल हुन सकेको थिएन ।
खेलको ५५ औं मिनेटमा मेसीले पेनाल्टी एरियामा पास गरेको बललाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै मार्टिनेजलाई अग्रता दिलाएका थिए ।
अर्जेन्टिना १२ खेलबाट २५ अंकका साथ पहिलो स्थानमा छ भने पेरुको ७ अंक रहेको छ ।
अर्को खेलमा ब्राजिल र पाराग्वेको १-१ गोल रहित बराबर रहेको छ ।




