• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

२३ वर्षपछि रातो टीका र पछ्यौरी

  •  संवाददाता
  • मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement

    तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् ।
    पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काइन्, बढाइन् र पढाइन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।
    श्रीमान्को मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उहाँले २३ वर्षपछि निधारमा रातो टीका लगाइन् । साथै रातो पछ्यौरा पनि पहिरिइन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएकी हुन् ।
    गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरिन् । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताइन् । “मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ”, उनले भनिन्, “त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ ।”
    म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाइन् । श्रीमान्को मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उनको पहिरन फिक्का बन्यो । रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिइन् ।

    कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन् । उनलाई आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइदिइन्। अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएकी थिइन् ।

    हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताइन् । “यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, उनले भनिन्, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु ।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरिन् ।

    म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले १२७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.