प्रिमीयर लिगमा भएको खेलमा युनाइटेडले मेनचेस्टर सिटीलाई २ का विरुद्ध १ ले पराजित गरेको छ ।
आइतबार राति भएको इङ्लिस प्रिमियर लिग मा २–१ को रोमाञ्चक जित दिलाएका छन्।
म्यानचेस्टर सिटीले ३६औं मिनेटमा जोस्को ग्वार्डिओलको हेड गोलमार्फत अग्रता लिएको थियो। खेल सिटीले आफ्नो पक्ष राखेको भए पनि अन्तिम दुई मिनेट
जोगाउन नसक्दा सिटी पराजित हुनुपर्यो ।
८८औं मिनेटमा म्याथियस नुनेसको अन्डरहिट ब्याकपासबाट डायलोले मौका पाएको थिए। नुनेसले आफ्नै डिबक्सभित्र डायलोलाई चुनौती दिएपछि रेफ्री एन्थोनी टेलरले पेनाल्टी दिए। ब्रुनो फर्नान्डिसले पेनाल्टीमा कुनै गल्ती नगरी बराबरी गोल फर्काए। थप समयमा लिसान्द्रो मार्टिनेजको लामो पासलाई सदुपयोग गर्दै डायलोले सानदार गोल गरेर युनाइटेडको जित सुनिश्चित गरे।




