बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले फिफा इन्टर कन्टिनेन्टल कप उपाधि जितेको हो ।
खेलको ३७औं मिनेटमा भिनीयसको पासमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफको ।
५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनियसले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३-० को जित सुनिश्चित गरे ।
यूरोपियन च्याम्पियन रियलले सिधै फाइनल खेल्दा पाचुकाले कनकाकाफ च्याम्पियन भएर ब्राजिल र इजिप्टको क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।




