• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

१३ औं पोखरा महोत्सव सम्पन्न विद्यालय स्तरीय सामुहिक लोकनृत्यको उपाधी  बेसलाइनलाई

  •  संवाददाता
  • मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    Advertisement

    गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे ।
    महोत्सवको समापन गर्दै मेयर आचार्यले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी वढाइरहेको आफुले प्रत्यक्ष रुपमा अवलोकन गरिरहेको बताउदै युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा निर्माण गर्न लागेका युनाईटेड छात्राबास निर्माणका लागि पोखरा महानगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
    शिक्षाको क्षेत्रमा युनाईटेड क्लबले निर्माण गर्न लागेको छात्राबास निर्माणमा महानगरको तर्फबाट हुने आर्थिक र नैतिक सहयोग समेत रहने मेयर आचार्यको भनाइ थियो । त्यसैगरी युनाईटेड क्लब पोखराले स्थापना कालदेखिनै क्यालेण्डरमा समावेश गरी पोखरा महोत्सव सञ्चालन गर्दै आइरहेको र महोत्सव सञ्चालन अवधिको समेत कर तिरेर आफुलाई अब्बल संस्थाको रुपमा उभ्याएको बताउदै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्नुपर्नेमा उनको भनाइ रहेको थियो ।
    सो अवसरमा वोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा महोत्सवले महोत्सवको मात्र आयोजना नगरी भाषा, कला संस्कृतिको उजागर र जगेर्ना गर्ने काम गरेको बताए । विगतका संस्करणका महोत्सवहरुमा समेत गण्डकी प्रज्ञा प्रतिस्ठानको तर्फबाट साथ र सहयोग प्रदान गरिरहेको बताउदै बिखर्चीले आगामी संस्करणमा समेत सहयोगलाई निरन्तरता दिने बताए ।
    त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पोखरा महोत्सव शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । प्रहरी उपरीक्षक ओलियाले महोत्सव महोत्सव मात्र नभइ महाउत्सव समेत भएकाले आर्थिक क्रियाकलाप चलायमान संगै महोत्सवले मौलिकता र ऐतिहाँसिकतालाई झल्काउने र एक आपसमा सामाजिक सद्भाव समेत कायम गराउने वताउदै युनाईटेड क्लब संग सहकार्य गरेर सामाजिक विकृति र विसंगती विरुद्धको क्रियाकलापमा सहकार्य गरेर अगाडी बढ्ने समेत बताए ।
    युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको कर समेत तिर्दै आइरहेको भएतापनि क्लबलाई दोहोरो तेहेरो करको दायरामा पार्ने गरी दुख दिने काम गरेको बताउदै त्यस तर्फ महानगरका मेयर समक्ष सहजीकरण गरिदिन आग्रह गरे ।
    त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सञ्चालन गरेको सामाजिक कामको प्रशंसा गर्दै अन्य संघ संस्थाहरुले समेत युनाईटेड क्लबको सिको गर्न सके समाज रुपान्तरणमा सहयोग पुग्ने बताए ।
    त्यस्तै समाजकल्याण परिषदका उपाध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य परमेश्वर कार्कीले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको र आफु जनप्रतिनिधी समेत रहेकाले युनाईटेड क्लबको हरेक क्रियाकलापमा साथ र समर्थन रहने बताए ।
    अमरसिंह माविका प्रध्यानाध्यापक शेर बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । युनाईटेड क्लबका महासचिव तथा तेह्रो पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए ।
    महोत्सवको अन्तिम दिन लोकदोहोरी गायक गायिका चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्ट तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।
    पोखरा महोत्सव बिद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधी बेसलाइनलाई
    पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको उपाधी वेसलाइन ईङ्ग्लीस बोर्डिङ स्कुलले हात पारेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा १३ टीमलाई पछाडि पार्दै बेसलाइनको उपाधी संगै  नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
    प्रतियोगितामा सरस्वती आदर्श विद्याआश्रमले दोश्रो स्थान सहित नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा विभूती शिक्षा सदनले तेश्रो स्थान सहित नगद २० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
    प्रतियोगितामा कास्की मोडनाइज्ड र सेन्ट म्यारिज बोर्डिङ स्कुलले शान्तवना स्थान सहित नगद १० हजार, प्रमाणपत्र प्राप्त गरे ।
    प्रतियोगितामा बिजयीहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मन कुमार गुरुङ, महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
    खुल्ला बुद्धिचालको उपाधी सागरलाई
    त्यसैगरी महोत्सवको अवसरमा आयोजित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी सागर साईले जितेका छन । उपाधी सहित साइले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै महेश्वर अधिकारी प्रतियोगिताको उपबिजेता सहित नगद ७ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै बुद्धिराज शर्माले तृतिय स्थान सहित नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा निशान पौडेलले शान्तवना स्थान सहित नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा दशौं स्थान भित्र पर्न सफल भीम प्रसाद भट्टराई, हुमराज गुरुङ, सुजन रानाभाट, रन्जन कुँबर, गोविन्द बराल, र एन्जल शाही ठकुरीले जनही नगद २ हजार र मेडल र प्रमाणपत्र प्राप्त गरे ।
    प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिनोद नाल्मी, पोखरा महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङ,  चिफ आर्बेटर श्याम शुन्दर ताम्राकार, नरेन्द्र रानाभाट, राम बहादुर क्षेत्री, क्लबका पूर्व अध्यक्ष एवं खेलकुद समिति संयोजक सुक बहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
    त्यसैगरी महोत्सवमा आयोजिक टिकटक प्रतियोगिताको उपाधी गोले लामाले जितेका छन । आशीष इन्स्टीच्युटले प्रायोजन गरेको उक्त प्रतियोगिताका बिजेता गोले लामाले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरे ।
    त्यस्तै महोत्सवको मुख्य प्रायोजक बेटरको स्टलबाट सामाग्री खरिद गरेका मध्ये लक्की ड्रको माध्यामबाट पोखरा ९ का गणेश रानाले १.५ टनको बेटर एसी प्राप्त गर्न सफल भएका छन । रानाले बेटरको स्टलबाट बटरफ्लाई मिक्स्चर खरिद गरेका थिए ।
    त्यस्तै पोखरा १४ का साहारा लामिछानेले किंग राइकुकर खरिद गरि प्राप्त गरेको कुपनबाट बेटरको २५ लिटरको इलेक्ट्रिक गिजर बेटर मोनाको प्रो २५ र बेटरको ९० सेन्टिमिटरको तीनवटा बाफेल फिल्टर र मोसन सेन्सर भएको चिम्नि बेटर ब्रेथ प्रो ९० ग्लासहुड चिम्नी  प्राप्त गरेका छन । तेश्रो बिजेता पोखरा १४ का तनिश तामाङले प्रेसर कुकर खरिद गर्दा बेटरको तीन बर्नर भएको बिल्ड इन हब चुलो बेटर युरोपा टफटेन थ्री प्राप्त गरेका छन । उक्त बिजेताहरुले बेटरको नयाँबजारमा रहेको शोरुमबाट उपहार प्राप्त गर्ने सक्ने बेटरका चिफ अप्रेसन अफिसर सर्वज्ञ अधिकारीले बताए ।
    महोत्सव स्थलमा राखिएको भिजनलिंक एजुकेशन कन्सल्टेन्सीको स्टल मार्फत पोखरा भद्रकालीका प्रस्ताव ढकाल, मियापाटनकी सुनिता गौतम, रानीपौवाका अरमन अली, पोखरा ७ की गरिमा शर्मा, हस्पिटलचोकका राजेश तिवारी, अमरसिंहकी अन्जिला खत्री, पोखराका शिवजी प्रसाद गुप्ता, भेडिफर्मका सइरास गुरुङ, पोखराका प्रतिमा परियार र अमरसिंहका हरिकृष्ण खरेलले कन्सल्टेन्सीबाट सञ्चालित कुनैपनि कक्षामा निशुल्क सेवा प्राप्त गर्नेछन ।

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.