• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

सराङकोट महायज्ञमा आजसम्म १ करोड १३ लाख संकलन

  •  संवाददाता
  • सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    Advertisement

    श्रीभद्र पौडेल

    पोखरा, १८ फागुन।सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ ।

    आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।

    आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३ हजार ३ सय ३३, जन्मदिनको अवसरमा महायज्ञका कोषाध्यक्ष शिव कोइराला परिवारबाट रु.७५ हजार, गोठादीका कर्णबहादुर थापा परिवारबाट रु.५० हजार १ सय एवम् अन्य दाताको समेत गरी रु.२० लाख बढी दान संकलन भएको कोषाध्यक्ष कोइरालाले बताउनुभयो।

    महायज्ञ मध्यतिर आइरहदाँ भक्तजनको सहभागिता पनि बढ्दै गएकोे छ ।सुरुमा झरीका कारण केही प्रभावित सो यज्ञमा मौसममा क्रमिक सुधार आएसँगै जनसहभागिता बढ्दै गएको हो ।आजसम्म करिव ६० हजार दर्शकले सहभागिता जनाएको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो।

    अन्नपूर्ण केवलकार मार्फत आजसम्म १२ हजार, निःशुल्क बस सेवा मार्फत २० हजार तथा निजी सवारी साधन प्रयोग गरि त्यतीमा मात्रामा भक्तजन सराङकोट धाम पुगेको उहाँको भनाई छ।समग्र कास्की, यहाँका विभिन्न संघसंस्था, पर्वत तथा तनहुँबाट पनि स्वस्फूर्त रुपमा भक्तजनको सहभागिता बढ्दै गएको उहाँले सुनाउनुभयो।

    त्यसका साथै दाताको सहभागिता तथा दान रकम पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ।अझै दाताहरु आउने क्रम जारी छ , हामीले दाताको पहिचान पनि गरेका छौं मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले भन्नुभयो।पक्कै पनि सराङकोट महाउत्सव सफलताउन्मुख छ ।त्यसका साथै सराङकोट पुग्ने विदेशी पर्यटक समेत यज्ञ स्थलमा रमाइरहेको देख्न सकिन्छ।

    सराङकोट धामसँगै त्यहाँ जारी यज्ञको हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो ।

    सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

    सराङकोट टपमा सडकका अलवा पोखरा स्थित सेदीबाट अन्नपूर्ण केवलबार मार्फत पनि पुग्न सकिन्छ ।यज्ञ अवधिभर प्रतिव्यक्ति रु.२ सयमा केबलकारबाट सराङकोट टप आउजाउ गर्ने व्यवस्था मिलाइएको छ ।अन्य समयमा भने दुईतर्फी यात्राका लागि रु.७ सय ५० लिने गरिन्छ ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.