पोखराको सिटी स्क्वायर, न्युरोडमा कनमाट हेवी इन्डस्ट्रिज प्राइभेट लिमिटेड को पहिलो अपरेटर मिट सम्पन्न भयो, जसमा ३० भन्दा बढी अपरेटरहरूको सहभागिता रह्यो।
कनमाटका वरिष्ठ अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक, श्री चन्द्रकान्त प्रजापति ले कनमाटका कंक्रीट उपकरणहरूको उत्पादन श्रृंखला को बारेमा प्रस्तुति दिनुभयो। कनमाट, पूर्वमा केवाइबी कनमाट ९प्थ्द्य ऋयलmबत० का रूपमा परिचित, एक अग्रणी कंक्रीट उपकरण निर्माता कम्पनी हो, जसले कंक्रीट ब्याचिङ प्लान्ट, ट्रान्जिट मिक्सर, कंक्रीट पम्प, सेल्फ लोडिङ मिक्सर, कंक्रीट रोड पेभर, र नहर पेभिङ मेशिन उत्पादन गर्दछ।
एईएमपीएल ९ब्भ्ःएी० का व्यावसायिक प्रमुख, श्री समीर प्रधान ले कनमाट उत्पादनहरू प्रयोग गर्दा प्राप्त हुने फाइदाहरूबारे प्रकाश पार्नुभयो। साथै, अपरेटरहरूका लागि विशेष बिक्री योजना पनि घोषणा गर्नुभयो।
त्यसैगरी, एईएमपीएलका साझेदार, श्री बालकृष्ण कोईराला ले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कनमाट उत्पादनहरूको गुणस्तर र सेवा उपलब्धता को बारेमा जोड दिनुभयो




