• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शुक्रबार, कार्तिक ०७, २०८३ | Friday 23rd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ८ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ८ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ८ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ८ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

चर्चित

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • ८ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • ८ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • ८ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • ८ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

  •  संवाददाता
  • मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
    Advertisement

     

    चैत्र १९, पोखरा ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए ।

    सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको खेलकुदको प्रतिष्ठासँग जोडिएको सुुनाउँदै यसलाई सफल बनाउनु सबै खेलकर्मीको दायित्व रहेको उनको भनाइ छ । मोफसलमा रहेको खेलकुद संघ र संस्थाको सान र मानमा खेलकुद पत्रकार मञ्चले काम गर्दै आइरहेको सुनाउँदै उनले प्रदेशका सम्पूर्ण खेल संघहरुलाई आह्वान समेत गरे ।

    गण्डकी प्रदेश सुटिङ एशोसियसनका महासचिव पुरण कुँवरले प्रदेशका ११ वटै जिल्लाका खेलाडीलाई समेट्ने गरी आफ्नो संस्थाले खेलकुद पत्रकार मञ्च संग सहकार्य गर्ने प्रतिवद्धता जनाए । जिल्ला हक्की संघ कास्कीका अध्यक्ष दीपक थापाले संघ संस्थाले नाममात्र पठाएको आधारमा भन्दापनि खेलको आधारमा खेलाडी छनौट गर्न सकेको खण्डमा राम्रो हुने सुनाउँदै विभागीयलाई मात्र समेटेको खण्डमा खेलाडीहरु उत्पादनमा गाह्रो पर्ने उनको भनाइ रहेको थियो । खेलाडी उत्पादनलाई समेत पत्रकारिता मार्फत जोड दिन आवश्यक रहेको उनले सुनाउँदै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    लङ टेनिस कास्की अध्यक्ष राजु गुरुङले स्पोर्टस अवार्डले खेलाडीहरुलाई प्रोत्साहन गर्ने काम गरेको बताउदै कास्की पोखरा बाहिरकोलाई समेत स्पोर्टस अवार्डमा सामेल गराउनुपर्ने सुुझाव दिए । संघहरुले खेलकुद सामाग्री दिन नसकेकै कारण पनि खेलाडीहरु विभागीयमा सहभागी हुने गरेको उनको भनाइ थियो । जुडो संघका निरज पन्तले स्पोर्टस् अवार्डको सन्दर्भमा खेलकुद पत्रकारले जुडो संघ संग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । दुरदराजमा रहेका खेलाडीहरुको खेललाई समेत सञ्चार माध्यामहरुले प्राथमिकता दिन आवश्यक रहेको बताए ।

    फेन्सिङ संघका केन्द्रिय उपाध्यक्ष विजय शाहीले प्रदेश स्तरको खेल संघ संस्थाहरु संग सहकार्य गरी अगाडी बढेकोमा आफुहरु खुसी भएको बताए । त्यस्तै एथलेटिक्स संघ कास्कका अध्यक्ष गज बहादुर गुरुङले स्पोर्टस अवार्डमा खेलाडीहरु छनौट गर्दा खेलको क्याटेगोरी अनुसार खेलाडीहरु छनौट गर्नुपर्नेमा जोड दिए । तेक्वान्दो संघ कास्कीका अध्यक्ष कुलचन्द्र शर्माले ११ वटै जिल्लाका खेलकुद संघहरु संग सहकार्य गर्न सके स्पोर्टस अवार्ड भब्य र सभ्य बन्ने बताए । खेलाडीहरुको छनौट क्याटेगोरी अनुसार गर्नुपर्ने बताउदै आफ्नो संघको तर्फबाट समेत सहयोग रहने बताए ।

    कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवराम गुरुङले अवार्डमा गल्फका खेलाडीहरुलाई समेत समेट्न सकेको खण्डमा राम्रो हुने बताए । सहभागीता जनाउन आफुहरु तत्पर रहेको र अहिले सम्म समेट्ने कोसिस नभएको उनको भनाइ रहेको थियो । नयाँ खेलाडी उत्पादनका लागि प्रदेश र जिल्लाको समन्वयमा नयाँ एकेडेमी बनाएर नयाँ खेलाडी उत्पादनमा आफुहरु लागि रहेको उनको भनाइ रहेको थियो ।

    कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले जिल्ला खेलकुद विकास समितिको भरखरै नयाँ समिति चयन भएको र उनीहरुले कस्तो भूमिका खेल्छ भन्ने विषय हेर्न बाकी रहेको र आफुले नयाँ कार्यसमितिमा समेत कुरा राख्ने उनले सुनाए । व्यक्तिगत सहयोग गर्न तयार रहेको उनले बताए । मञ्चका निवर्तमान अध्यक्ष दीननाथ बरालले अवार्डको महत्व बढ्दै गएको र यसको गरिमा अझ बढाउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेल संघ संस्थाकै भूूमिका हुने उनले बताए । उनले कार्यक्रम समग्र खेलाडी र खेलप्रेमीकै रहेको सुनाउँदै सफल पार्नका लागि आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्न समेत आग्रह गरे । खेल संघबाट असन्तुष्टि व्यक्त गरेको समेत भेटिदैे आएको सुनाउँदै उत्कृष्ट गर्दै जानेलाई प्रसय दिदैँ आइरहेको उनले बताए ।

    कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एकराज गिरीले अगाडीको स्पोर्टस् अवार्डको अनुभव सुनाउँदै अउँदो स्पोर्टस् अवार्डलाई सबैले साथ दिन आग्रह गरे । त्यस्तै मञ्चका सल्लाहकार सुरज श्रेष्ठले खेल सम्वद्ध संघसस्थाहरुको सुझावलाई मनन् गरेर आगामी अवार्डलाई भव्य बनाईने बताए ।

    त्यस्तै मञ्चका अध्यक्ष एमबी आस्था मगरले अहिलेसम्मको मञ्च र खेल सम्वद्ध संस्थाहरुको साथ सहयोगले नै स्पोर्टस् अवार्ड भव्यरुपमा सम्पन्न गर्न सकिने बताए । समग्र खेल क्षेत्र र खेलाडीको प्रोत्साहनका लागि गरिने अवार्डलाई सबैको साथ सहयोगको अपेक्षा उनले राखे । जिल्ला खेलकुद विकास समिति कास्कीको हलमा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजुु गिरीले गरेका थिए ।

     

    मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.