नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरुका लागि अदालती रिपोर्टिङ सम्बन्धी
तालिम दिएको छ ।
मुसख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको
तालिम शुक्रबार र शनिबार भएको थियो । तालिममा प्रमुसख प्रशिक्षक नेपाल पत्रकार
महासंघका पुर्वअध्यक्ष तथा अनलाइनखबर डटकमका प्रधान सम्पादक शिव गाउँले र
कास्की जिल्ला अदालतका अदालत रजिष्ट्रार राजन खनालले शनिबार प्रशिक्षण दिएका थिए ।
पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका र्पुसचिव धर्मराज
कुइकेल र प्रदेश पुस्तक तथा सञ्चार समन्वय महाशाखाका प्रमुख पार्वती लामिछानेले
प्रशिक्षण दिएकी थिइन् ।
तालिममा प्रमुख प्रशिक्षक गाउँलेले अदातलमा पत्रकारका लागि आवश्यक समाचारको स्रोत
यथेष्ट पाइने भएकाले त्यसको सही सदुपयोग गर्न सुझाव दिए । जसका लागि पत्रकार
कार्यक्षेत्र (अदालत) मै पुग्नु पर्नेमा उनको जोड थियो । फैसलाको क्रममा रहेका
मुद्दा, फैसला पछि कार्यान्वयनको चरण र न्यायाधिसलाई मुद्दामा एकपक्षीय प्रभाव
पार्ने खालको समाचारबाट पत्रकारहरु जोगिन७३घढसपर्ने तर्फ उनले सचेत गराएका थिए ।
तालिममा कास्कीका कास्कीका ८० जना पत्रकारहरुको सहभागीता रहेको थियो । नेपाल
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले अदालती रिर्पोटिङ गर्दा ख्याल
गर्नुपर्ने विषयलाई मध्यनजर गदैै तालिम आयोजना गरिएको बताए । तालिम पश्चात
पत्रकारहरुले कार्यक्षेत्रमा यसको भरपुर प्रयोग गनुपर्नेमा उनले जोड दिए ।
तालिम पश्चात प्रशिक्षार्थीहरु तिलक पुन र रोजी श्रेष्ठले तालिम फलदायी भएको
प्रतिक्रिया दिए । तालिममा सिकेको ज्ञानले पत्रकारिताका दौरान सहयोग पुग्ने
प्रशिक्षार्थीहरुले बताएका थिए ।




