• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ऐतिहासिक काल्खु मेला कालीकोटलाई भलिबलको उपाधि

  •  संवाददाता
  • सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    Advertisement

    स्याङ्जा, ८ बैशाख ।

    स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ ।

    जनसम्पर्क युवा क्लबले गत चैत्र पूर्णिमा ९३० गते० देखि आयोजना गरेको साबिक वडास्तरीय भलिबलको फाइनलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो ।
    उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।

    उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो । भने, तृतीय स्थान हाँसिल गरेको गहते ‘टिम बि’ले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्यो ।

    सो प्रतियोगिताबाट ओरस्टेका लब्सन सुनार सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

    यसैगरी सोही टिमकै कृष्ण थापा उत्कृष्ट ब्लकर, कालीकोटका सञ्जय गुरुङ उत्कृष्ट स्पाइकर, सोही टिमकै विवश थापा उत्कृष्ट डिफेन्डर र गहतेका सुजित थापामगर उत्कृष्ट लिफ्टरका रुपमा पुरस्कृत भए ।

    कुल ३५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा अनुशासित टिमका रुपमा सालडाँडा जामुने नगद रु १२ हजारसहित पुरस्कृत बन्यो ।

    खुला नृत्यतर्फ कोल्माकी अनुस्का च्याम्पियन

    खुल्ला नृत्य प्रतियोगितातर्फ कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भइन् । अन्य ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् ।

    यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे ।

    खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।

    कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो ।

    यस्तै म्युजिकल चियर प्रतियोगितातर्फ निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो ।

    स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम

    स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृती टोल विकास संस्था प्रथम बन्यो ।

    कुल ६ समूहको सहभागिता रहेको सो प्रदर्शनीमा प्रथम बनेको जागृती टोल विकास संस्था नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।

    जागृती टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो ।

    यस्तै उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेकोक थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्यो ।

    उक्त प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षण गर्न सघाउ पुर्याएको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले बताए ।

    मेलाका विभिन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडी तथा समुहलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मी, पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेल, शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराई, पुतलीबजार नगरपालिकाका विधान समितिका संयोजक तथा वडा १४ का सदस्य मुवारक मिया, पुतलीबजार नगरपालिका ३ की वडासदस्य सविता पौडेल, पुरस्कारदाताहरु स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथी तुलसी रेग्मीले प्रमुख अतिथि जनसम्पर्क युवा क्लबको खेल मैदानको स्तरोन्नतीका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

    उनले काल्खु हुँदै तनहुँको सिमानासम्मको सडकलाई कालोपत्र गर्नका लागि बजेटको व्यवस्था गर्नेसमेत आश्वासन दिएका थिए ।

    मेलाका क्रममा चर्चित लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, निश्चल थापामगर, पारु गुरुङ, ममता तामाङ, रेशम थापामगर, अर्चना चापागाईं लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

    मेलाका संयोजक प्रेमबहादुर रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन खिम रानामगरले गरेका थिए ।

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.