राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल पुलिसले गण्डकीलाई ४-० ले पराजित गरेको छ ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा राष्ट्रिय महिला फुटबल प्रतियोगिता बट्टारस्थित
आदर्श वहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा १५औ मिनेटमा गण्डकीको खेलाडीले डि बक्स बाहिर निरु थापालाई फल खेल्न पुग्दा पाएको फ्रि किकलाई अमृता जैसीले गोलमा परिणत गर्दै अग्रता लिएको थियो ।
खेलको २६औ मिनेटमा नेपाल पुलिसको खेलाडीले प्रहार गरेको बल सिधै पोष्ट माथिबाट बाहिरिएकाे िथयो । २८औ मिनेटमा सुस्मा तामाङले गोल गर्दै अग्रतालई दोब्बर बनाइन । पहिलो
हाफमा २ गोलले पछि परेको गण्डकी गोल गर्नै अवसरहरु सृजना गरे पनि गोल गर्न सकेको थिएन ।
दोस्रो हाफको पहिलो मिनेटमा नेपाल पुलिसले पाएको कर्नरमा गण्डकीको डिफेन्सको कमजोरी हुन पुग्दा पुलिसको निर्मला उपाध्यायले गोल गरिन्।
खेलको ५० औ मिनेटमा निर्मलाको प्रहार गोल पोष्टमा लाग्दा गण्डकीको खेलाडीले गोल लाइनबाट बचाएकी थिईन ।
७५औ मिनेटमा पुनः सुस्माले गोल गर्दै ४-० ले अग्रता लिदै जितलाई सुनिश्चित गरे ।
बैशाख १३ देखि २० गते सम्म बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख र दाेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको हरेक खेलको प्लेयर अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ ।
प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, गण्डकी प्रदेश संघ, रौतहट फुटबल संघ, पद्म स्पोर्टस,मकवनापुरको सहभागिता रहको छ।




