युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि– युइएफए च्याम्पियन्स लिग जित्न पिएसजी सफल भएको छ।
क्लबले इन्टर मिलानलाई ५–० ले पराजित गर्दै इतिहास रचेको हो ।
फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन हाकिमीले १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजीले खेलमा मजबुत नियन्त्रण बनायो।
डुवेले ६३ औं मिनेटमा अर्को गोल थपे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए ।
इन्टर मिलानलाई ५–० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।




