गण्डकी प्रदेशको क्रिकेट विकासमा समर्पित प्रादेशिक क्रिकेट
संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ।तेस्रो गण्डकी प्रदेशस्तरीय
पुरुष टि-२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ । आयोजकले
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको
जानकारी गराएको हो ।
क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना
गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ
।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा
विभाजनमा गरि सञ्चालन हुनेछ । समूह ।।।ए’ मा स्याबजा, बाग्लुब, तनहुँ र म्याग्दी
रहँदा समूह ।।।बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई
खेल हुने गरी तालिका तय गरिएको छ ।
संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा
महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् । पत्रकारहरुको जिज्ञासाका बारेमा जानकारी
दिंदै अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितीका बाबजुद प्रदेश खेलकुद परिषद
गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने–“हामी संग
स्रोत र साधनको अभाव छ । तर पनि हामी जुन सुकै कठिन परिस्थितीका बाबजुद यो
प्रतियोगिता सञ्चालन गर्दैछौं । क्रिकेटको बढ्दो लोकप्रियता संगै विभिन्न
जिल्लामा छरिएर रहेका यूवा पुस्तालाई एक्सपोजर दिन पनि यो प्रतियोगिताको भूमिका
महत्वपूर्ण रहनेछ ।”
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र
प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर,
बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक
खेलको ।।।प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम
गौतमलाई संयोजक तोकिएको छ । गण्डकी क्रिकेट संघका सदस्य समेत रहेका गौतमले
क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम
विनियोजन गर्न आग्रह गरे । उनले भने–“हाम्रो मात्र प्रयासले क्रिकेटको विकास सम्भव
छैन । यसमा प्रदेश सरकारको समेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष वजेट विनियोजन
भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ ।”
संघले सञ्चारकर्मीहरूलाई प्रतियोगितालाई आफ्नो माध्यमबाट प्रचारप्रसार गरी
खेलाडी र आयोजकको हौसला बढाइदिन समेत अनुरोध गरेको छ ।
प्रतियोगिता पोखरा रंगशालाको एक मात्र क्रिकेट मैदानमा हुनेछ, जुन आगामी यू–१९
महिला टि२० आई विश्वकप २०२७ को सम्भावित स्थल समेत हो।




