तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेल्दा
पोखरा रंगशालामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट
प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ ।
समुह ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै
निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको तनहुँका लागि वंश
छेत्रीले ७० रनको महत्वपूर्ण अविजित अर्धशतकिय पारी खेलेका हुन् । उनले ५४
बलमा ८ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा
पु¥याएका थिए ।
त्यस्तै तनहुँका लागि सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले
१० रनको योगदान दिए ।
बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सन्चार निउरेले समान
२–२ विकेट हात पारे ।
जवाफमा १३५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाग्लुङ ६ विकेट
गुमाउँदै १२४ रनमै सीमित रह्यो । बाग्लुङका लागि बिबेक नेपालीले ४९ बलमा
३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्र दीप यादवले १७ रन र
साहिल स्वर्णकारले १९ रन बनाए ।
तनहुँका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङको रन गति नियन्त्रणमा राख्न
सफल भए । वंश क्षेत्रीले बलिङमा पनि २ विकेट लिएर प्लेयर अफ द म्याच’
बने । साथै, चन्द्रकान्त पौडेलले पनि २ विकेट लिंदा सन्दीप पराजुली र क्रिश
अय्यरले १–१ विकेट लिए ।
यस अघि आजनै भएको पहिलो खेलमा समुह ए मा नै स्याङजाले जित दर्ता गरेको छ
भने म्याग्दी पराजित भएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा
विभाजनमा गरि सञ्चालन भएको छ । समूह ।।।ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र
म्याग्दी रहँदा समूह । बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् ।
प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त
सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी,
मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार,
उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी
प्रदान गरिनेछ । हरेक खेलको ।।।प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र
ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।




