पोखरा–असार १ गते । गण्डकी प्रदेशस्तरीय पुरूष टि२० क्रिकेट
प्रतियोगितामा तनहुँ र स्याङजाले दोस्रो दिन पनि जितको लयलाई कायम राखेका
छन् । समुह ।।।ए’ अन्तर्गत पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगितामा
तनहुँले १७७ रनको जित हासिल गर्दा दोस्रो खेलमा स्याङजाले ७८ रनले जित
दर्ता गरेको हो ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद
गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरण अन्तर्गत तनहुँ र
म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई
१७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्याग्दीले टस जितेर पहिला
फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा
२२३ रनको विशाल योगफल खडा ग¥यो ।
तनहुँको जितमा कृष ऐरले ४८ बलमा १०२ शतकिय पारी खेले । खेलको म्यान
अफ दि म्याच कृषले ५ चौका र ११ छक्का प्रहार गरेका थिए । त्यस्तै दिपेश
अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाउँदै साथ दिए ।
तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३
रनको योगदान दिए ।
म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल, र हरि सुवेदीले समान १–१ विकेट
लिए ।
यता म्याग्दीको जवाफमा निराशाजनक प्रदर्शन गर्यो । २२४ रनको लक्ष्य
पछ्याउन उत्रिएको म्याग्दी १४.४ ओभरमा जम्मा ४६ रनमा अलआउट भयो ।
रोशन कार्की (१८ रन) बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक पार
गर्न सकेनन् ।
तनहुँका लागि सन्दीप पराजुली ४ ओभरको स्पेलमा ८ रन दिँदै ३ विकेट
लिंदा चन्द्रकान्त पौडेलले ४ ओभरमा १७ रन दिएर २ विकेट तथा नरेश शाही,
वंश क्षेत्री, कृष अयेर, प्रदीप यादव र कबिन्द्र पण्डितले पनि समान रूपमा एक–
एक विकेट लिए ।
यस्तै आज नै भएको दोस्रो खेलमा स्याब्जाले उत्कृष्ट प्रदर्शन गर्दै
बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिब गरेको स्याङ्जाले
निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनायो । स्याब्जाका कप्तान
सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिब गर्दै ३३ बलमा ६ चौका र ४ छक्का
सहित ६१ रनको महत्वपूर्ण इनिब्स खेले । उनलाई मध्यक्रममा अंकित
न्यौपानेले २७ बलमा ३६ रन र अश्वनी रानाले १७ बलमा २० रनको साथ
दिएका थिए ।
बाग्लुङका बलर अश्विन थापाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन
खर्चेर ४ विकेट लिए । यस्तै, दीपेश कुँवरले २ र पुष्कर रिजालले १ विकेट लिए ।
१७९ रनको लक्ष्य पछ्याउन उत्रेको बाग्लुङको ब्याटिङ शुरुदेखि नै दबाबमा
रह्यो । बाग्लुङले पूरै २० ओभरमा १०० रनमै सीमित रहँदा स्याब्जाका
बलरहरू हावी बने । बाग्लुबका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए ।
कप्तान विश्व कार्कीले १५ रन जोडे ।
स्याब्जाका अश्वनी रानाले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर खेलको
म्यान अफ दि म्याच घोषित भए । साथै, अंकित न्यौपाने र तुलसीराम
भण्डारीले पनि २–२ विकेट लिए ।
समुह एको खेलमा स्याबजा र तनहुँ दुबै टिमले दुई दुई खेल जित्दै ४–४
अंक बटुलेका छन् भने म्याग्दी र बाग्लुब अंक विहिन छन् । भोली
(सोमबार)समुह ए अन्तर्गतको अन्तिम लिग खेल हुनेछन् । भोली हुने खेलले
सोझै फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्नेछ । भोलीको पहिलो
खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाका बीच हुनेछ ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई
समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह । ए’ मा स्याङजा, बाग्लुङ
,
तनहुँ र म्याग्दी रहँदा समूह ।।।बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा
रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका
अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी,
मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार,
उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित
ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ।।।प्लेयर अफ द म्याच’ ले रु १
हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले




