गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट ः नवलपुर विरुद्ध पर्वतको शनसनीपूर्ण
जित, अर्को एक खेलमा कास्की विजयी
पोखरा–असार ४ । गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले
नवलपुर विरुद्ध शनसनीपूर्ण जित हात पारेको छ । पोखरा क्रिकेट खेल मैदानमा जारी
प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात
पारेको हो ।
त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो
संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ । कास्की दुई खेलमा दुई
खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै
समान २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
भोली हुने खेलले फाइनलमा पुग्ने टिमको टुङगो समेत लाग्ने प्रतियोगिताका
संयोजक ऋषीराम गौतमले जनाएका छन् । भोलीको पहिलो खेल गोरखा र पर्वत तथा
दोस्रो खेल कास्की र नवलपुरका बीच हुनेछ ।
यस अघि आज भएको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय
लियो । निर्धारित २० ओभरमा पर्वतले ९ विकेट गुमाउँदै १३१ रन बनायो ।
टोलीका लागि अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५२ रन
बनाए । अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको
योगदान दिए । नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान २–२ विकेट
लिए भने अपराजित पौडेल, दीपक डुम्रे, र स्विकार श्रेष्ठले १–१ विकेट हात पारे ।
१३२ रनको लक्ष्य पछ्याउन ओर्लिएको नवलपुर १८.५ ओभरमा ११६ रनमै समेटियो
। गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन, र बिगत पाण्डेले १७ रन बनाए तापनि
अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । पर्वतका कप्तान अमृत गुरुङले
उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । राजु थापाले पनि
३.५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिए भने बिनोद नेपालीले २ विकेट हात
पारे । उत्कृष्ट बलिङ र कप्तानी प्रदर्शनका लागि अमृत गुरुङलाई प्लेयर अफ द
म्याच भए ।
गोरखा विरुद्ध कास्कीको एकतर्फी दवदबा
त्यस्तै सम्पन्न दोस्रो खेलमा कास्कीले गोरखालाई
१० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।
टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९.५ ओभरमै
सम्पूर्ण १० विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो । गोरखाका लागि
स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे ।
कास्कीका बलरहरू बीच सन्तुलित प्रदर्शन गर्दै सुबास भण्डारीले ३.५ ओभरमा ११ रन
खर्चेर ३ विकेट लिए भने सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले
समान १–१ विकेट हात पारे ।
१ रन प्रति बलभन्दा कमको लक्ष्य पछ्याउन उत्रिएको कास्कीले
८.४ ओभरमै ९४ रन बनाउँदै कुनै विकेट नगुमाई जित
हात पा¥यो । ओपनर अर्जुन कुमालले २५ बलमा ३९
रन बनाए । अनिल गुरुङले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१
रन बनाउँदै म्याच जिताए भने ’प्लेयर अफ द म्याच’ बने ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको
आयोजनामा प्रतियोगिता ८ जिल्लाको सहभागिता रहेको संघका अध्यक्ष सञ्जयकान्त
सिग्देलले जानकारी दिए । विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार,
ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४
हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित
ट्रफी प्रदान गरिनेछ । हरेक खेलको प्लेयर अफ द म्याच’ ले रु १ हजार
नगद र ट्रफी प्राप्त गर्नेछन् । .




