पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक
क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास
भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले
पर्यटक पथ प्रदर्शक, ट्रेकिब गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको
हो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको
आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन
प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिब गाइड र
पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई
भिरमा रक क्लाइम्बिङको तालिम दिइएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १८ को मेथलाङ्को भिरमा तालिम दिइएको
हो । थ्री सिस्टर एड्भेन्चर ट्रेकिबले उक्त भिरलाई रक क्लाइम्बिबको
प्रशिक्षण स्थालको रुपमा संचालन गदैँ आएको संचालक लक्की क्षेत्रीले
जानकारी दिइन् ।
नयाँ युवालाई पर्यटन तर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको
अयोजना गरिएको हो टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए
। रक क्लाइम्बिङ ट्रेकिबको विधा पनि हो आचार्यले भने पर्यटक पथ
प्रदर्शक, ट्रेकिबका गाइडको लागि रक क्लाइम्बिबलाई एउटा पेसाको रु
पमा विकास गर्न सकिन्छ ।
टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पाले रक
क्लाइम्बिङको तालिम दिएका थिए ।
ट्रेकिङ जादा आउन सक्ने जोखिमलाई मध्यनजर गरी रक क्लाइम्बिङमा
तालिम दिएर्को रक क्लाइम्बिबका प्रशिक्षक लामाले बताए । विश्वभर रक
क्लाइम्बिङको क्रम बढ्दै गएको र नेपालमा पनि रक क्लाइम्बिङ गर्ने
पर्यटक बढ्दै गएको छ लामाले भने नेपालमा पनि यसले व्यवसायीकता
लिने विश्वास व्यक्त गरे ।
प्रशिक्षक शेर्पाले २ सय ३० प्रशिक्षार्थीलाई दुइ दिनेमा क्लाइम्बिङको
वेसीक तालिम दिइने बताए ।
२५ दिने तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ
प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि
भएका छन् ।




