पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता
२०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना
तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि
प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो । प्रतियोगितामा
एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भने
आयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे ।
शुक्रबार समूह । ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ र
बागमती प्रदेशलाई १०–३ गोलअन्तरले हरायो । यस्तै एपिएफले मधेश प्रदेशलाई
२२–ले हराएको छ । समूह ।।।बि’ तर्फ भएको खेलमा कोशी प्रदेशले कर्णाली
प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलअन्तरले हराएको छ । त्रिभुवन आर्मीले
कर्णालीलाई २२–४ ले हराएको छ । समूह ए बाट एपिएफ समूह विजेता बन्दै
सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक बटुल्दा दोस्रो
भएको गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक हासिल ग¥यो ।
बागमती ३ खेलमा १ जित
२ हारका साथ तेस्रो स्थानमा रहँदा मधेश जित विहिन रह्यो । समूह बि बाट आर्मी ३ खेलमा ३
जितसहित ६ अंकका साथ शिर्षस्थानमा रह्यो । कोशी ३ खेलमा २ जित १ हारसहित ६ अंकका साथ
दोस्रो स्थानमा रह्यो । कर्णाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ तेस्रो र लुम्बिनी ३
हारसहित अंकविहिन रहदै पुछारमा रह्यो ।
भोलि सेमीफाइनलमा कोशी प्रदेशले एपिएफको र गण्डकी प्रदेशले आर्मीको सामना
गर्नेछ । सेमीफाइनल सकिएपश्चात फाइनल खेल हुने गण्डकी प्रदेश ह्याण्डबल संघका
अध्यक्ष केशव पाठकले जानकारी दिए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो
हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण
सिंह बस्नेतले जानकारी दिए ।




