पोखरामा गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा लिग सुरु भएको हो । लिगको पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा एलजी एसोसिएसनले हरमतरी क्लबलाई ५–२ को फराकिलो गोलअन्तरले हराएको छ ।
एलजीको जितमा मनिष थापा मगरले ह्याट्रिक गरे भने सविन नेपाली र अमर गुरुङले १र१ गोल गरे । हरमतरीका लागि सुदिप गुरुङ र विवश नेपालीले गोल गरे । दोस्रो खेलमा चिल्ड्रेन लाइफ र स्याङ युथ क्लबबिचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्याङजाका लागि विशाल गुरुङले २ तथा हरि थापाले १ गोल गरे । चिल्ड्रेनका लागि सनम विक, अजय पुनले गोल गर्दा चिल्डे«नका दिनेश शाहीले आत्मघाती गोल गरेका थिए ।
तेस्रो खेलमा हिलेबजारले हरिनाशमाथि ५–१ को जित निकालेको छ । हिलेबजारको जितमा पासाङ तामाङ र लिलजंग गुरुङले समान २र२ तथा नवराज गुरुङले १ गोल गरे । हरिनाशका लागि समिर रानाले १ गोल गरे ।
लिगमा गण्डकीका ७ जिल्लाका ७ क्लबको सहभागिता रहेको लिगको विजेता टिमले २ लाख, उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले समान १०र१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्लेयर अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् ।




