• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार

  •  संवाददाता
  • सोमबार, साउन २०, २०८२ मा प्रकाशित
    Advertisement

    वश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार राशिसहित पुरस्कृत हुने भएका छन् ।

    आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुशरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको हो ।

    गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकामा यस वर्ष नगद दुई लाख छहजार रुपैयाँसहित १८ धावक पुरस्कृत हुने भएका छन् ।

    प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो ।

    यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् ।

    प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरेको आयोजक संस्थाले जनाएको छ ।

    भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग जोडिने भएकाले प्रतियोगितालाई खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडेर बृहत् आयामबाट हेर्नुपर्नेमा धारणा राख्नुभयो ।

    पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीभुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि यस्ता कार्यक्रमले अन्य गन्तव्यको प्रवद्र्धनमा सहयोगी हुने बताउनु हुन्छ ।

    विश्व शान्ति स्तुप समितिका सचिव दुर्गाबहादुर गुरुङले पुम्दीभुम्दीमा पर्यटकीय सम्भावना बोकेका तारेभिर, फिलिङ्गघारी, थाप्लेडाँडालगायतका क्षेत्रको प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरा आएका पर्यटकको बसाइँ लम्ब्याएर आर्थिक समृद्धिसँगै पुम्दीभुम्दीलाई पर्यटकीय गन्तव्यको हब बनाउने प्रतियागिताको उद्देश्य रहेको धारणा राख्नुहुन्छ ।

    कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष लाल गुरुङले खेल पर्यटन पर्वद्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड उद्घोषका साथ अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खलाको दृश्यावलोकनसहित सञ्चालन हुने हुने दौड प्रतियोगिताले विश्वको ध्यान खिच्ने सामथ्र्य राख्ने बताउनु हुन्छ ।

    प्रातियोगिताका प्राविधिक ओम गुरुङले दोस्रो पर्वतीय दौडको आरम्भ बिन्दु विश्व शान्ति स्तुपः, जाँचबुझ बिन्दु विशाल पुम्दीकोट महादेव मन्दिर र समापन बिन्दु पछिल्लो पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कसम्म गरी आठ किलोमिटर निर्धारण गरिएको बताउनु भयो ।

    १६ लाख ९१ हजार रूपैयाँ लागत लाग्ने प्रतियोगितामा विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाको सहयोग रहेको पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतम बताउनु हुन्छ ।

    नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा २२ को सहकार्य रहेको प्रतियोगितामा मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको छ ।

    प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ भने आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

    सोमबार, साउन २०, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.