पोखरा÷ पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल
प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका
छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी
विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर
सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ ।
मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ
फिस्टेल एकेडेमीले शिशु कल्याण बोर्डिब स्कुललाई २–१
गोलले हरायो । दोस्रो खेलमा कालिका माविले भद्रकालीलाई १–०
ले हरायो ।
पोल बि तर्फ भएको खेलमा हेमजा बोर्डिबले बालोदयलाई
२–० ले हराउँदा बालकल्याणले गुरुकुललाइ ३–१ ले हराउँदै
अन्तिम आठमा स्थान बनाएको छ । अब क्वाटरफाइनलमा
शिशुकल्याण बोर्डिबले शिशुकल्याण मावि र कालिकाले सैनिक
आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिब र
बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ ।
त्यसअघि छात्रातर्फ मंगलबार विहान भएको खेलमा त्रिभुनव शान्ति
माविले सेन्ट मेरिजलाई ३–१ ले हराएको छ । यस्तै दोस्रो खेलमा
सैनिकले वेशलाइन एकेडेमीलाई ७–० को फाराकिलो
गोलअन्तरले हराएको छ ।
प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता
जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म
सञ्चालन हुनेछ ।
प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५
हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले
जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले
१० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान,सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरि
बले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ
। पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।




