पोखरा, २० भदौ ÷ जिल्लास्तरीय एन्फा यू १४ छात्रछात्रा अन्तर विद्यालय फुटबल
प्रतियोगिताको उपाधि शिशु कल्याण विद्यालय र त्रिभुवन शान्ति माविले जितेका छन् । कास्की
जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार फाइनलमा छात्रतर्फ
शिशुकल्याणले गण्डकी बोर्डिबलाई ३–० गोेलले पराजित गरेको हो । पहिलो हाफ
गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि
दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु कल्याणका लागि सुमन घर्तिमगरले
पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुबले एक एक गोल गरे । उपाधिसंगै
शिशु कल्याणले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता गण्डकीले २५ हजार रुपैयाँ पायो ।
यसैगरी, छात्रातर्फ पोखराको खुँदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय
माविलाई सडन डेथमा हराउँदै उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेलमा दुबै
टिमले गोल गर्न नसक्दा खेल सिधैँ टाइब्रेकरमा पुगेको म्याच कमिस्नर गोपाल थापाले
जानकारी दिए । ५÷५ प्रहारमा बराबरी २ गोल भएपछि खेल सडन डेथमा पुगेको हो ।
दुबैतर्फबाट दुबै प्रहार गोलमा परिणत हुन नसकेपछि सातौं तथा अन्तिम प्रहार प्रतिमा
पोखरेलले गरेकी हुन् । बलले जाली चुम्दा जुन निर्णायक बन्यो । उपाधिसंगै त्रिभुवन
शान्तिले २० हजार र उपविजेता सैनिकले १० हजार रुपैयाँ प्राप्त ग¥यो ।
प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकी रश्मि रिजाल र शिशु कल्याणका सुमन घर्ती मगर
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ रिजाल सर्वोत्कृष्ट हुँदा सैनिककै
सन्सुभा थापा मगर उच्च गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ९ गोल गरिन् । त्रिभुवन शान्ति
माविकी सोनम सुवेदी उत्कृष्ट गोलरक्षक, त्रिभुवनकै भिमकुमारी पुन उत्कृष्ट मिडफिल्डर,
त्रिभुवनकै प्रतिमा पोखरेल उत्कृष्ट डिफेन्डर घोषित हुँदा त्रिभुवनकै रोमन थापा मगर
उत्कृष्ट प्रशिक्षक घोषित भए ।
छात्रतर्फ गण्डकी बोर्डिबका वियोन गुरुब उत्कृष्ट गोलरक्षक, गण्डकीकै सौरभ फडेरा
उत्कृष्ट डिफेन्डर घोषित हुँदा शिशु कल्याणका दिपेश काफ्नो उत्कष्ट मिडफिल्डर, सुरेश
गाहा उत्कृष्ट फरवार्ड, शक्ति बोहोरा उच्च गोलकर्ता ( कुल १२ गोल) र सुनिल रानामगर
उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैलाई आकर्षक पुरस्कार प्रदान गरियो । गत १२
भदौदेखि सुरू भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमले भाग लिएका थिए ।
प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखरा, एबीज
इन्जिनियरिब लगायत अन्य संघसंस्थाले सहयोग गरेको थियो । पोखरा महानगरपालिका
प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिकामा रहेको थियो ।




