दशैंको दिन बाहेक बैंक तथा भन्सार खुला राखिने भएको छ ।
पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्रयास गरिरहेको बताए ।
निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार अर्थ मन्त्रालयको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले जानकारी गराएका हुन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी र व्यवसायी सहभागी थिए ।
सो क्रममा उद्योगीरव्यवसायीले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए ।
छलफलमा अर्थमन्त्री खनालले एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने जानकारी गराएका थिए ।




