• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पर्यटन पुनउत्थानको लागी पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

  •  संवाददाता
  • आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    Advertisement
    पोखरा । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि पहल गरिदिन गर्भनर डा.विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले आज काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।
    टोलीमा अध्यक्ष पहारी सहित परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, रेवान पोखराका पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल सहभागी हुनुहुन्थ्यो ।
    देशका युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ देशमा नयाँ पुस्ताले गरेको आन्दोलन, ल्याएको परिवर्तन र अठोटको उच्च सम्मान गर्दै ध्यानाकर्षणपत्रमा आन्दोलनका क्रममा अवान्छित व्यक्ति तथा स्वार्थ प्रेरित समुहको कारण भएको सरकारी तथा निजी सम्पती माथिको तोडफोड, आगजनी तथा लुटपाटका घटना प्रति दुःख व्यक्त गरिएको छ ।
    “पर्यटन व्यवसायको मुख्य सिजनको शुरूवात हुनै लाग्दा भएको यस घटनावाट सबैभन्दा वढी असर यहाँका पर्यटन व्यवसायी तथा उद्योगीहरू माथी परेको छ”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “राज्यको आर्थिक विकासको प्रमुख आधारको रूपमा रहेको पर्यटन उद्योगमा हालै भएको घटनाबाट हरेक दिन पर्यटकहरूले आफ्ना भ्रमण प्याकेजकहरू तथा बुकिङहरू क्यान्सिल गरिरहेको अवस्था छ ।”करिब सात खर्व भन्दा बढि लगानी भईसकेको नेपालको पर्यटकीय राजधानी शहर पोखराको पर्यटन उद्योग देशको वर्तमान परिस्थितीको कारण यतिवेला सुनसान जस्तै भएको परिषद्ले जानकारी गराएको छ ।
    विगतका भुकम्प, कोभिड–१९ जस्ता महामारीको अवस्थामा पनि पर्यटन उद्योगको पुनउत्थानको लागी सबै तहका सरकारबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको उल्लेख गर्दै परिषद्ले हालको बदलिदो परिस्थितीमा पनि पर्यटन उद्योगलाई पुनउत्थान गर्न आग्रह गरेको छ ।आन्दोलनको क्रममा व्यवसायिक प्रतिष्ठानहरू माथी गरिएको तोडफोड, आगजनी तथा लुटपाटका क्रममा पर्यटन व्यवसायीहरूमा परेको क्षतिको समुचित क्षतिपूर्तिको व्यवस्था गरिदिन परिषद्ले अनुरोध गरेको छ ।
    पर्यटन सिजनको शुरूवातमै भएको बुकिङ रद्दले शुन्यमै झरेको पर्यटन उद्योग हालको परिस्थिती एवम् आगामी पर्यटकीय याम फागुनमा घोषणा गरिएको निर्वाचनका कारण तथा विधमान राजनैतिक अस्थिरताले लामो समयसम्म पर्यटक आउने सम्भावना न्यून हुने निश्चित जस्तै भएको भन्दै परिषद्ले व्यावसायीहरूले लिएको बैंक कर्जा एवम् कर्जाको व्याज तथा किस्ता भुक्तानी गर्न आश्विन मसान्त, पौष मसान्त र चैत मसान्तसम्म पनि असम्भव नै भएकोले सो किस्ता व्याज तिर्ने म्याद कुनै शुल्क वा जरिवाना विना थप गरिनुपर्ने माग गरेको छ ।
    आगामी ६ महिनासम्म पर्यटन आगमन हुने नदेखिएकोले व्यावसाय संचालनमा लागत अपरेटिङ कस्ट(इउभचबतष्लन ऋयकत) आवश्यक हुने हुदा छोटो समयको लागी भएपनि थप व्यवसाय सञ्चालन कर्जा उपलव्ध गराईदिनुपर्ने, पर्यटन उद्योेगलाई दिईने कर्जाको किस्ता तिर्ने अवधी कम्तीमा २५ बर्षको हुने गरि कर्जाको पुनसंरचना र पुनर्तालीकीकरण गरिनुपर्ने परिषदले माग गरेको छ ।
    पर्यटन उद्योगको लागी लिएको कर्जामा रि फाइनान्सिङ(च्भ–ाष्लबलअष्लन) सुविधा उपलब्ध गराईदिनु पर्ने, साना तथा मझौला पर्यटन व्यवसायलाई पुनउत्थान गर्नका लागी बिगतमा व्यवस्था भए जस्तो पन्ध्रलाख रुपैयाँसम्म कम्तिमा पाँच बर्ष सम्मको लागी शुन्य व्याजदरमा व्यवसाय जीवनरक्षा कर्जा प्रदान गर्नुपर्ने आग्रह गरिएको छ ।
    पर्यटन उद्योगमा प्रदान गरिएको कर्जाको व्याजदरलाई अझ न्यून सहुलियत दरमा प्रदान गरिनुपर्ने, पर्यटन उद्योग पनि अन्य उद्योग सरह मान्यता दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन सम्बन्धमा चालु आर्थिक बर्षको बजेटमा घोषणा गरिएको तर पर्यटन व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्ने काम हालसम्म पनि कार्यान्वयनमा नआएको भन्दै यथाशीघ्र सोको कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ ।
    नेपालले उचित वातावरण वनाएमा विश्वमै प्रतिस्पर्धा गर्न सक्ने एकमात्र पर्यटन उद्योग भएको र यसले रोजगारी सिर्जना र बिदेशी मुद्रा आर्जन गरी समग्र आर्थिक विकास तथा सम्वृद्धि हासिल गर्न सवैभन्दा बढि योगदान पुु¥याएको उल्लेख गर्दै परिषद्ले यसको  पुनउत्थान एवम् पुर्र्नजागरणका अपरिहार्य भएको जनाएको छ ।
    टोलीले आजै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन क्षेत्रको पुनउत्थान लगायतका विषयमा छलफल गरेको परिषद्का अध्यक्ष पहारीले जानकारी दिनुुभयो ।
    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.