पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ३४ रनको पराजित गरेको छ
मंगलबार त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १ सय ६७ रनमा समेटियो ।
पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ दौडमा बाहिरिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनाएको थियो । पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे । बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।
कर्णालीका लागि मार्क वाटले ३४ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी, नजिबुल्लाह जाद्रनले २४, पवन सर्राफले १९, प्रियान्क पन्चालले १६, कप्तान सोमपाल कामीले १३ र दीपेन्द्र रावतले १० रन बनाए ।




