• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको लागि टिम दर्ता सुरु

  •  संवाददाता
  • बिहीबार , पुष ०३, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा ३ पौष। पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको लागि खेलाडी तथा टिम दर्ता बिहीबारबाट सुरु भएको छ ।

    पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पौष ६ गतेसम्म दर्ता जारी रहने भन्दै शनिबार समेत दर्ता गर्न सकिने बताएका छन् ।

    बिहीबार प्रतियोगिताको तयारीका लागि पोखरा महानगर खेलकुद विकास समितिले प्राविधिक उपसमिति र विद्यालयका खेल शिक्षकसँग राखेको छलफल कार्यक्रममा बोल्दै शिक्षा अधिकृत भण्डारीले दर्ता गर्ने क्रममा जन्ममिति ढाटेर ल्याउने गरेमा कारवाही गरिने बताए । विगतमा यस्ता खालका कार्य भएको पाइएको भन्दै यसपालि यसमा कडाइ गरिने उनले प्रष्ट पारे ।

    सहभागी विद्यार्थीको विवरणमा विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’ उल्लेख गर्न शिक्षा अधिकृत भण्डारीले आग्रह गरेका छन् । टिम गेममा पनि हरेक खेलाडीको छुट्टाछुट्टै फाराम भर्न उनले अनुरोध गरेका छन् । सबैको उपस्थितिमा पौष ७ गते टाइसिट बनाउने र ८ गते पत्रिका मार्फत सार्वजनिक गर्ने उनले खुलाएका छन् । विगतमा समेत फर्जी गर्नेलाई कारवाही गरिएको भन्दै यसपालि फर्जी गरेको पाइएका एक वर्ष खेल्न नदिने लगायतका कारवाही गरिने उनले प्रष्ट पारेका छन् । गलत संस्कार बस्न नदिनका लागि सबै चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले पोखरा महानगरमा रहेका १ सय ६० संस्थागत र ८० सामुदायिक गरेर कुल २ सय ४० विद्यालय रहेको भन्दै ती विद्यालय मध्येबाट प्रतियोगितामा सहभागी बन्ने जनाए ।

    पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका १८ वर्ष भित्रका उमेर समुहका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले इमानदारिताका साथ विद्यार्थीलाई सहभागी गराउन खेल शिक्षकसँग आग्रह गरे । आफूहरू सँधै सत्यको पक्षमा हुने भएकोले खेलाडी अनुशासनबारे ध्यान दिन आग्रह गरे । प्रतियोगिता सञ्चालनको समयमा केही गुनासो वा उजुरी भएमा सम्बन्धित ठाउँमा राख्न उनको अनुरोध छ। सबैको सहयोगमा प्रतियोगिता सफल हुने विश्वास उनको छ । सबैको मेहनतका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै पदक ल्याउन पोखरा महानगर सफल भएको भन्दै उनले राष्ट्रपति इनिङ्ग शिल्डमा प्रदेशमा पहिलो भइसकेको भएकोले अब केन्द्रमा हुने गरी अगाडि बढ्ने बताए । केन्द्रको रनिङशिल्ड माथि कब्जा गर्ने योजनाका साथ तयारी सुरु गरिएको भन्दै यसमा सबैको साथ आवश्यक पर्ने औँल्याए ।

    छलफलमा सहभागी खेल शिक्षकहरूले विभिन्न जिज्ञाशा राखेका थिए । उनीहरुका जिज्ञासा र परिवर्तित नियमको बारेमा प्राविधिक उपसमिति संयोजक राजन पौडेल, सहसंयोजक सिद्धान्त अधिकारी लगायतले जानकारी गराए ।

    छलफल कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । टीम तथा खेलाडी दर्ता निस्शुल्क हुनेछ । एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।

    बिहीबार , पुष ०३, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.