पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा २१ औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी २०८२ साल पौष ११ देखि १५ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ।
पोखरालाई खेल पर्यटनको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा मेन्स तथा उमन्स सिंगल्स–डबल्ससहित ३५, ४५, ५५ र ६५ वर्षमाथिका खेलाडीहरू गरी १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा विभिन्न विधाका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि कास्की जिल्ला टेनिस संघले सञ्चारमाध्यम तथा सरोकारवालाको सहयोग र सद्भावको अपेक्षा गरेको छ।
प्रतियोगितामा मेन्स तथा उमन्स सिंगल्स र डबल्ससहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरी जम्मा १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
ओपनतर्फ मेन्स तथा उमन्स सिंगल्स विजेताले नगद ८० हजार, उपविजेताले ४० हजार तथा सेमिफाइनलिष्टले २० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। मेन्स तथा उमन्स डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
३५ वर्षमाथिको सिंगल्स विजेताले ६० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनलिष्टले १५ हजार रुपैयाँ पाउनेछन्। डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
४५ वर्षमाथिको सिंगल्स विजेताले ४० हजार, उपविजेताले २० हजार तथा सेमिफाइनलिष्टले १० हजार रुपैयाँ पाउनेछन्। डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
५५ वर्षमाथिको सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार तथा सेमिफाइनलिष्टले १० हजार रुपैयाँ पाउनेछन्। डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिष्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
६५ वर्षमाथिको सिंगल्स विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय तथा सेमिफाइनलिष्टले २ हजार ५ सय रुपैयाँ पाउनेछन्। डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्।
पत्रकार भेटघाट कार्यक्रममा उपस्थित सम्पूर्ण सञ्चारकर्मीप्रति कास्की जिल्ला टेनिस संघले धन्यवाद व्यक्त गर्दै विगतका वर्षहरूझैँ यस पटक पनि निरन्तर सहयोग र सद्भावको अपेक्षा गरेको जनाएको छ।




