• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

कालिका बहुमुखी क्याम्पसमा उद्योगपति केसीको सालिक स्थापना

  •  संवाददाता
  • शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    Advertisement

    पोखरा । कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, समाजसेवी, शिक्षा सेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ।

    पोखरा महानगर पालिका वडा नं. १४ काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसको हाता भित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा केसीको सालिक अनावरण गरिएको हो ।

    क्याम्पस हात भित्र निर्माण गरिएको अर्ध कदको सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतमले शनिवार एक कार्यक्रमकाबिच संयुक्त रूपमा अनावरण गरेका हुन्।

    क्याम्पस स्थापना काल देखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उहाँको चिरकाल स्मरणका लागि क्याम्पस परिसरमा केसीको सालिक स्थापना गरिएका हो । केसीको पहलमा भौतिक निर्माण तथा शैक्षिक उन्नयनमा क्याम्पसले ठुलो फड्को मारेको थियो ।

    प्रतिष्ठित उद्योगी केसी दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ । हिम श्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा रारा चाउचाउ उत्पादन सुरु गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठुलो लगानी गरेका थिए ।

    २०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी व्यापार व्यवसाय र निर्माणको क्षेत्रमा संलग्न हुँदै २०४१ देखि २०४६ सालसम्म तत्कालीन पोखरा पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए ।

    राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए । प्रतिनिधिसभा निर्वाचनको मुखै उनी काँग्रेस प्रवेश गरेका थिए । काँग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभामा पठाएको थियो ।केसीको २०७७ साल कात्तिक १७ गते सोमबार ६५ वर्षको उमेरमा देहावसान भएको थियो ।

    कार्यक्रममा सहभागिले केसीलाई एउटा सामाजिक र सफल व्यावसायिक व्यक्तित्व तथा सहयोगी भावना भएको र अरूलाई सहयोग गर्न सधैँ तत्पर रहने व्यक्तिको रूपमा परिचर्चा गरेका थिए ।

    त्यसै अवसरमा स्व. कीर्तिबहादुर केसीको स्मृतिमा संस्थापक सञ्चालक समितिका अध्यक्ष स्व. सूर्यबहादुर के.सी. का परिवार बाट स्थापित सूर्यप्रेम ट्रस्टको आर्थिक सहयोगमा निर्माण गरिएको कीर्ति पुस्तकालय भवनको पनि उद्घाटन गरिएको थियो ।

    उक्त भवनको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतमले संयुक्त रूपमा उद्घाटन गरेका थिए । त्यस अवसरका उक्त भवन केसी परिवारले डिन प्रा.डा. चालिसेलाई र चालिसेले क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त बहुउद्देश्यीय भवन निर्माणमा ३ करोड २६ लाख २८ हजार ५ सय २० रुपैयाँ लागत लागेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेले क्याम्पस यो स्थानमा आउनका लागि स्व. सूर्यबहादुर केसीको भूमिका सधैँ स्मरणयोग्य भएको उल्लेख गरे ।

    ‘क्याम्पसको हरेके क्षेत्र सबल रहनुमा केसीको भूमिका ठुलो रहेको छ’ उनले भने, ‘उहाँकै पदचाप पछ्याएर उहाँका छोरा जुन युवा जोसका साथ क्याम्पस सञ्चालक समितिमा आउनुभयो शैक्षिक उन्नयनमा क्याम्पसका लागि यो सौभाग्य मिलेको छ ।’ उनले श्रम र उत्पादनसँग जोड्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सी. ले आफ्ना बुबाको सम्मानमा क्याम्पस परिसर भित्र अर्ध कदको सालिक निर्माण गरेकोमा परिवारको तर्फबाट आभार व्यक्त गरे । उनले क्याम्पसलाई समय सापेक्ष तरिकाले अगाडि बढाउनका लागि आफू सधैँ लागि पर्ने प्रतिबद्धता समेत जनाए । निवर्तमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले क्याम्पसमा स्व. सूर्यबहादुर केसीको योगदान अनुकरणीय रहेको बताए ।

    उक्त अवसरमा क्याम्पसका अभिभावक डम्बर कुमारी गुरुङ र छोरा मोहन गुरुङले डम्बर मोहन गरिब छात्रवृत्ति अक्षयकोषका लागि २ लाख ५१ हजार रुपैयाँ क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतम, क्याम्पसका सिनेटर तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापा, कल्याणकारी समितिका सचिव तेजेन्द्र केसी लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गर्नुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले स्वागत र सहायक क्याम्पस प्रमुख सालिकराम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

    शनिबार, पुष १२, २०८२ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.