२५ वर्षको गौरवमय यात्रामा ‘आहा रारा पोखरा गोल्डकप : नयाँ लोगो सार्वजनिक गरेको छ ।
पोखरा — विगत २५ वर्षदेखि ‘आहा रारा पोखरा गोल्डकप’ केवल खेल प्रतियोगिता मात्र रहेन, यो पोखरेली फुटबल संस्कृतिको पहिचान बन्दै आएको छ।
रजत जयन्तीको अवसरमा प्रतियोगिताको २५औँ संस्करण विशेष रूपमा मनाइँदै छ। यस अवसरमा प्रतियोगिताको नयाँ आधिकारिक लोगो पनि सार्वजनिक गरिएको छ। नयाँ लोगोले विगत २५ वर्षको यात्रा, संघर्ष र उपलब्धिलाई समेट्नुका साथै दशकौँदेखि मजबुत रूपमा उभिएको यस प्रतिष्ठित प्रतियोगिताको गौरव र पहिचानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
आहा रारा पोखरा गोल्डकप नेपाली फुटबलको इतिहासमा केवल ट्रफीका लागि हुने प्रतिस्पर्धा मात्र नभई भावना, सम्झना र पुस्तान्तरणको साझा मञ्चका रूपमा स्थापित हुँदै आएको आयोजकको भनाइ छ।




