पोखरा ÷ प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला
क्रिकेट क्लबले जितेको छ ।
कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले
हराउँदै सांग्रिलाले उपाधि चुमेको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको
खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन
पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३
रन जोडे ।
सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट लिए । विपिन खत्री र राज परियारले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिबको निम्तो पाएको सांग्रिला ४३ ओभरमा १६८ रनमा अलआउट हुन
पुग्यो । सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै कुशल
नेपालले २० तथा राजु खनालले १८ रनको योगदान दिए ।
कास्कीका लागि अदित्य थापा र विश्वास पराजुलीले समान ३–३ विकेट लिए भने अनुप पौडेलले
२ विकेट लिए ।
माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता थियो । प्रतियोगिताको समूह ।।।
ए’ मा राइजिब क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब,
लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ।।।बि’मा पोखरा
क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब
र गण्डकी क्रिकेट क्लब रहेका छन् । समूह ए बाट सांग्रिला र समूह बि बाट कास्की विजेता
बन्दै फाइनलमा प्रवेश गरेको थियो ।




