नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ।।।फोटो पत्रकार
अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन
तमुले आर्थिक सहयोग गरेका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका
तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले
सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो
पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुबलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
तमु धिं यूके र सहारा यूकेको मिडिया तथा फोटो संयोजक समेत रहेका फोटो पत्रकार तमु
आहा रारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न
ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।
सहारा क्लबले २५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार
उनलाई रजत जयन्ती सम्मान गरेको थियो । प्रतियोगिताको विकास र प्रवद्र्धनमा फोटो
पत्रकारिताको माध्यमबाट विशेष योगदान पु¥याएको भन्दै क्लबले फोटो पत्रकार
तमुलाई सम्मान गरेको हो । उनलाई माला, दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरियो ।
रकम ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुबले अक्षयकोष दातालाई धन्यवाद
दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो
पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ




