सर्जियो अगुएरोले सन् २०२० को जनवरीपछि पहिलो गोल गर्दा म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ । शनिबार भएको खेलमा फुलहमविरुद्ध ३–० को जीत निकाल्दै पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाउन सफल भएको हो ।सर्जियो अगुएरोले सन् २०२० को जनवरीपछि पहिलो गोल गर्दा म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाएको छ । शनिबार भएको खेलमा फुलहमविरुद्ध ३–० को जीत निकाल्दै पेप ग्वार्डिओलाको टोलीले शीर्ष स्थानमा १७ अंकको अग्रता बनाउन सफल भएको हो ।खेलको ४७ औँ मिनेटमा जोन स्टोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ग्याब्रियल जिसुसले अग्रता दोब्बर बनाए । खेलको ६० औँ मिनेटमा पेनाल्टीबाट अगुएरोले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । अगुएरोले पछिल्लो पटक ४१७ दिनअघि सेफिल्ड युनाइटेडविरुद्ध गोल गरेका थिए ।
३० खेलपछि सिटीको ७१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडले दुई खेल कम खेलेको छ । उसको ५४ अंक रहेको छ ।
म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थान
म्यान्चेस्टर सिटीले फुलहमलाई हराउँदै प्रिमियर लिगको शीर्ष स्थान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




