नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी नेता माधव कुमार नेपाल पक्षबीच सोमबार भएको छलफल विना निष्कर्ष सकिएको छ ।
झण्डै ४ महिनाको संवादहीनता तोड्दै सोमबार पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपालबीच भेटवार्ता भएको थियो ।
भेटवार्ताबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता रघुजी पन्तले सौहार्दपूणर् तरिकाले कुराकानी भएको बताए ।
‘राम्रै कुराकानी भयो । छलफल जारी राख्ने भनेर समझदारी पनि भयो,’ माधव नेपाल समूहका नेता पन्तले भने, ‘तर, कुनै निष्कर्ष निस्किएको छैन ।’
नेता पन्तका अनुसार छलफलका क्रममा दुवै पक्षले आ(आफ्ना अडानहरु राखेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भीम रावलले फेरि पनि छलफल गर्ने भनिए पनि फेरि छलफल कहाँ र कसरी गर्ने भन्ने कुराको पनि टुंगो नलागेको बताए ।
नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते सुनाएको फैसला पछि ब्यूतिएको नेकपा एमालेमा पछिल्लो समय आन्तरिक विवाद झन चुलिएको छ ।
शुक्रबार ९फागुन २८ गते० मात्रै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एकपक्षीय निणर्यबाट आफ्नो ९अध्यक्ष० र महासचिव बाहेक सबै पदाधिकारीको जिम्मेवारी खोस्ने निणर्य गरेका थिए ।
अध्यक्ष ओलीले आफूलाई साथ दिएर माओवादी केन्द्र छाडेर आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए भने प्रदेश समितिलिाई पनि परिवर्तन गरेका थिए ।
त्यसपछि माधव कुमार नेपाल समूहले पनि सामानान्तर समिति गठन गरेको थियो ।
सोमबारको वार्तामा नेपाल पक्षले शुक्रबार गरिएको निणर्यहरु खारेज गरिनुपर्ने अडान राखेको छ । तर, पार्टी अध्यक्ष ओलीले त्यसमा सकारात्मक जवाफ नआएको नेता रावलले जानकारी दिए ।
अध्यक्ष ओली पक्षले नेपाल पक्षलाई वार्ताका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएको थियो । तर, नेपालले बालुवाटार नआउने भनेपछि ओली धुम्बाराही पुगेका हुन् ।




