लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुनः उक्लिएको छ । खेलमा मेस्सीले ज्याभीले बनाएको बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान पनि बराबरी गरेका छन् । सन् २००४ मा डेब्यू गरेका मेस्सीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका छन् ।
मेस्सीले खेलको १३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । एन्टोनी ग्रिजमानले ३५ औँ मिनेटमा अग्रता दोब्बर बनाए पनि पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत् हुएस्काले एक गोल फर्कायो ।
तर, दोस्रो हाफको शुरुवातमा नै ओस्कार मिनगुएजाले गोल गर्दै बार्सिलोनाको अग्रता पुनः फराकिलो बनाए । खेलको अन्तिम मिनेटमा मेस्सीले अर्को गोल थपे । बार्सिलोनाका लागि उनको ६६१ औँ गोल थियो ।
ज्याभीको कीर्तिमान बराबरी गर्दा मेस्सीको दुई गोल
ज्याभीको कीर्तिमान बराबरी गर्दा मेस्सीको दुई गोल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




