पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी नेपाली सेनाका पाइलटको मृत्यु भएको छ ।
सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ स् ९५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेतरहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा(११ रानीपौवास्थित सैनिक अस्पताल पुय्याएकामा उपचारका क्रममा साँझ ४स्४५ बजे निधन भएको हो ।
मृतक मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।




