अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आगामी हप्ताबाट सुरु हुने थ्रि नेशन्स कपको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाको आयोजनामा दशरथ रंगशालामा सुरु हुने प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानको सामना गर्नेछ ।
२३ तारिकबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने छन् भने नेपालले आफ्नो पहिलो लिग खेलमा मार्च २५ तारिकमा किर्गिस्तानसँग भिड्ने छ ।
समुह चरणको अन्तिम खेलमा नेपालले मार्च २७ मा बंगलादेशको सामना गर्नेछ ।
समुह चरणमा शिर्ष दुई स्थान हात पार्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




