आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काटेर एक करोड ८५ लाख रुपैयाँ ठ’गी गर्ने एक व्यक्तिलाई प्र’हरीले प’क्राउ गरेको छ।
प’क्राउ पर्नेमा झापा जिल्लाको गौरादह नगरपालिका–१ घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने वर्ष ५१ को उपेन्द्र प्रसाद ढुंगाना रहेका छन्।
ढुंगानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय सुकेधारामा रहेको आफ्नो खाताबाट भुक्तान हुने गरी चेक काटेर उर्मिला कँडेललाई दिएका थिए।
उनको सो कार्यवि’रुद्ध परेको मु’द्दामा उच्च अ’दालत पाटनको यही २०७७ माघ ५ गतेको फै’सलाले एक महिना कै’द र विगो बमोजिम एक करोड ८५ लाख ज’रिवाना हुने ठ’हर भएको थियो।
उक्त स’जाय बेरुजू रही फ’रार रहेका ढुंगानालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलिले धुम्बाराहीमा लु’कीछि’पी बसिरहेको अवस्थामा मंगलबार प’क्राउ गरी आज फै’सला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।




