सप्तरीको अग्नीसाईर कृष्णासबरण गाउँपालिका वडा नं। ५ मा रहेको कृष्णा राम पशु फर्ममा बिहीबार राती आगलागि हुँदा २० वटा पशुचौपाया जलेर मरेका छन् ।
आगो निभाउने क्रममा फर्म संचालक दिनानाथ साह समेत जलेर घाइते भएका छन् । उनको स्थानिय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सो गाउँपालिका वडा नं। ६ निवासी मनोज साह र दिनानाथ साहको संयुक्त लगानीमा रहेको उक्त पशु फर्ममा बिजुली सर्ट भई आगलागि हुँदा १८ वटा गाई र २ वटा बाछी जलेर मर्दा र अन्नपात समेत नष्ट भई ३१ लाख ३९ हजार ६ सय मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।




