भारतको १८ राज्यमा कोरोना भाइरसका एउटा नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट जानकारी प्राप्त नभएको पनि बताएको छ ।
कोरोना भाइरसको यो नयाँ भेरियन्ट विदेशमा पनि भेटिइसकेको छ । पछिल्ला केही दिनदेखि विश्वका अन्य मुलुकसमेत भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुपमा बढिरहेको छ । साथै, नेपालमा पनि कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको यो नयाँ किसिम हालसम्म खासै धेरै भेटिएको छैन । यद्यपि, यो नयाँ किसिमको भाइरसले शरीरको प्रतिरोधी प्रणालीबाट बचेर संक्रमण बढाउने गरेको पनि बताइन्छ ।
भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुप
भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुप
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




