काठमाडौं । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौं–बनारस–काठमाडौंको आज परीक्षण उडान ९प्रुभिङ फ्लाइट० सफलतापूर्वक सम्पन्न गरेको छ ।
दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महीनाअघि यतीले निवेदन दिएसँगै अन्तरराष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता श्री सुदर्शन बर्तौलाले राससलाई जानकारी दिए ।




