काठमाडौं, १२ चैत । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगिता आज अपरान्ह किर्गिस्तानको यु(२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपरान्ह ५स्३० मा दशरथ रंगशालामा हुनेछ । नेपालले कपका लागि बुधबार २३ सदस्यीय टिम घोषणा गरेको थियो । नेपाली टिमको कप्तानी गोलकिपर किरणकुमार लिम्बुले गर्नेछन् ।
यसअघि मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १(० ले पराजित गरेको थियो । शनिबार नेपाल र बंगलादेशबीच खेल हुनेछ । तीन टिम एक(आपसमा भिडेपछि अंक तालिकाका शीर्ष दुई टिमबीच सोमबार फाइनल खेल हुनेछ । कोरोना भाइरसका कारण दशरथ रंगशालामा तय भएका विश्वकप छनोटका खेल पटक पटक स्थगित भएपछि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले थ्री नेसन्स कप आयोजना गरेको हो।
प्लेयर टु वाच




