पोखराको स्पोट्र्स क्यासल फुटसलमा भएको प्रतियोगितामा टिम डुङ्गाले हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।
उपविजेता ढुकुले १ लाख ५० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडी टिम डुङ्गाका गोलरक्षक अनिष श्रेष्ठ घोषित हुदैँ नगद २५ हजार रुपैँया प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकको उपाधी समेत उनलै हात पार्दै नगद १० हजार रुपैँया प्राप्त गरे । उनी फाइनल खेलको म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिताको अनुसासित टिम स्पोट्र्स क्यासल घोषित भए । प्रतियोगिताको उदयीमान खेलाडी फन्कि बिन्सका अभिनाष तामाङ घोषित भए ।
टिम डुङ्गाले हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ
टिम डुङ्गाले हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




