एजेन्सी, बिश्व कप छनौट अन्तर्गतको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले अतिरिक्त समयमा प्रहार गरेको बल गोल लाइनबाट क्लेर गर्दै सर्बियाका खेलाडिले गोल हुनबाट बचाए।
रोनाल्डोले उक्त प्रहार गरेको बल गोल भएको दाबी गर्दै रेफ्रि माथी खनिए। उन्ले कप्तानको आर्म्ब्यान्ड मैदानमा फाल्दै मैदान छाडे।
यस २०२२ बिश्व कप छनौटमा भिएआरको प्रयोग भने गरिएको थिएन। त्येसो त गोल लाइन प्रविधी प्रयोगमा आए पनि निर्णय भने पोर्चुगलको बिरुद्धमा गयो।
पोर्चुगलले सर्बियामा २(० गोलको अग्रता बनाएको थियो। दिएगो जोटाले दुबै गोल गरेका थिए। तर अग्रता जोगाउन नसक्दा खेल २(२ गोलको बराबरीमा सकियो।
फिओरेन्टिनाका डिफेन्डर निकलो मिलेन्कोभिले खेलको अन्तिम समयमा रातो कार्ड पाए पछि मैदान छोड्न बाध्य भए।
तर विवाद खेलको अन्तिम मिनेटमा हुनपुग्यो। रोनाल्डोले गोलकिपरलाई छलाउदै बल गोलपोस्टमा प्रहार गरे। उक्त बलले गोल लाइन नागेको भिडियोमा देख्न सकिन्छ तर रेफ्रिले गोल नदिए पछि विवाद निम्तिएको हो।




